बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

कात्तिक २७, काठमाडौं । विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका विषयमा छलफल गर्न शीर्ष ३ नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगसहितका संवैधानिक आयोगमा रिक्त पदाधिकारीको चयनका सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको थियो । तर, कार्यसूचीमा नै प्रवेश नगरी बैठक स्थगित भएपछि शीर्ष ३ नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा ३ नेताबीच संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ती, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयन लगायतका विषयमा कुराकानी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको