नमूना बिश्वकर्मा समाज कुवेतले आर्थिक हिनामिना गर्ने आफ्ना पदाधिकारीलाई कारबाही गर्यो

कात्तिक २७, कुवेत । संस्थाको आर्थिक हिनामिना गर्ने आफ्ना निबर्तमान पदाधिकारीहरुलाई नमूना बिश्वकर्मा समाज नेपाल कुवेतले कारबाही गरेको छ । कारबाही पर्नेहरुमा नमूना बिश्वकर्मा समाज नेपाल कुवेतका निवर्तमान अध्यक्ष भिम बहादुर गदल, निवर्तमान महासचिव चन्द्र बहादुर बिश्वकर्मा, निवर्तमान सचिव रोल बहादुर बिश्वाकर्मा, निवर्तमान कोषाध्यक्ष राम बि .क. र निवर्तमान सल्लाहकार राजेन्द्र बिरही कामी रहेका छन् ।

वर्तमान अध्यक्ष कुल बहादुर बिश्वकर्मा र महासचिव तारा बहादुर बिश्वकर्माले एक बिज्ञप्ति जारि गर्दै संस्थाको आर्थिक हिनामिना गर्ने व्यक्तिहरुलाई साधारण सदस्यमा समेत नरहनेगरी कारबाही गरि निस्कासन गरेको जनाएको छ ।

२०१६ साल देखि स्थापना भएको संस्थाको सम्पूर्ण आर्थिक हिनामिना गरेको नमूना बिश्वकर्मा समाज नेपाल कुवेतले जनाएको छ । संस्थाको हिसाबकिताव सहित सम्पर्कमा आउन आग्रह गर्दा समेत वास्ता नगरी संस्था नै नभएको उक्त समुहले दाबि गर्ने गरेको अध्यक्ष कुल बहादुर बिश्वकर्माले बताए ।

संस्थाको लाखौ रकम हिनामिना गरेकोले यस्तो अराजक समुहलाई पहिचान गरि सार्बजनिक भण्डाफोर गर्नुपर्ने महासचिव तारा बहादुरले बताए ।

हेर्नुहोस बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको