बससँग जीप ठोक्किँदा एक जनाको मृत्यु

असोज २६, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान यात्रुवाहक बस र जीप आपसमा ठोक्किएका छन् । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको बोलेरो जीप र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नं को यात्रुबाहक बस एकआपसमा ठोक्किदा जीपका चालक नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको