ट्रेन्डिङ

बुवाको उपचारमा रहेका नेकपाका नेता मल्ल गिरफ्तार

टेकेन्द्र बोहरा/चैत ३०, बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बझाङ सेक्रेटरी भरत मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ । बुबाको उपचारमा रहेका मल्लालाई प्रहरीले शुक्रबार बझाङबाट गिरफ्तार हो ।

पुराना कम्युनिष्ट नेता तथा भरतका बुबा धनबहादुर मल्ल दुबै मृगौला फेल भएर बिरामी छन् । बुबाको उपचारको क्रममा धनगढीबाट बझाङ जाँदै गर्दा मल्ललाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

अपहरणशैलीमा गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा र्पुयाए पनि प्रहरीले औपचारिक कुनै प्रतिक्रिया नदिएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् । मल्लको रिहाइको पहल गरिदिन हुन बुबा धनबहादुरले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको