ट्रेन्डिङ

लामो समयपछि विप्लव मिडियामा सार्वजनिक (भिडियोसहित)

फागुन १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव १९ महिनापछि मिडियामा सार्वजनिक भएका छन् । २४ औं जनयुद्ध दिवसको अबसरमा विप्लवले रातो खबरको युट्यूव च्यानललाई अन्तरवार्ता दिएका छन् ।

१९ महिनासम्म कुनै मिडियामा प्रत्येक्ष रुपमा अन्तरवार्तामा नदेखिएका विप्लव रातो खबरको युट्यूव च्यानलमा देखिएका हुन् । अन्तरवार्तामा उनले सही विचारकै कारण जनयुद्धले सामन्तवादलाई परास्त गरेको बताएका छन् ।

विप्लवले तत्कालिन नेतृत्वले जसका विरुद्ध लडिएको थियो, उनीहरुसँगै पछि लागेपछि जनयुद्धका उपलब्धी गुमेको बताए । प्रचण्डले प्रतिक्रियावादी भनेकै शक्तिहरुसँग झुकेको बताए ।

अन्तरवार्ताको क्रममा प्रचण्ड–बाबुराम कम्युनिस्ट भइनसकेको बताउँदै उनीहरुको जीवन संक्रमणमै रहेको दाबी समेत गरेका छन् । विप्लवले प्रचण्ड–बाबुराम आफैले बलिदान गर्नसम्म नर्पुयाएको बताए । उनले प्रचण्ड क्रान्ति देखि भागेको व्यक्ती भएको बताएका छन् ।

हेर्नुहोस् भिडियो 

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको