पचालझरनामा गाँउपालिकामा पहिलाे मिटर सहितकाे नमुना खानेपानी आयाेजना सम्पन्न

नेपाल रेडक्रसले गर्याे सहयाेग

भाद्र २६, कालिकोट । पचालझरना गाँउपालिका कालिकोटमा पहिलो मिटर सहितलो एक घर एक धारा आयाेजना संचालनमा आएकाे छ । पेटारी जारकाेट खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिले सम्झौता भएको ४ महिनामा खानेपानी आयाेजना सम्पन्न गरि संचालनमा ल्याएकाे हाे । सम्पन्न पेटारी जारकाेट खानेपानी आयाेजना पचालझरना गाँउपालिकाकाे पहिलाे मिटर सहितकाे एक घर एक धारा आयाेजना हाे ।

करिब ४५ घरधुरी, गाउपालिका कार्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय भएकाे जारकाेट बजारमा पचालझरना गाँउपालिका र नेपाल रेडक्रस साेसाइटी कालिकाेट जिल्ला शाखाकाे संयूक्त लगानिमा सम्पन्न गरिएकाे हाे ।

कुल लगानि रू १८ लाख ०८ हजार ९सय २६ सामुदायकाे याेगदान ५ लाख ९६ हजार, ९ सय २४ रुपैया, पचालझरना गाँउपालिकाकाे याेगदान रु ६ लाख ३ हजार रुपैया, नेपाल रेडक्रस साेसाइटीकाे याेगदान रु ६ लाख २५ हजार ९ सय २६ लगानी रहेकाे उपभाेक्ता समितिका अध्यक्ष सर्जन नेपाली ले जानकारी दिए ।

बिगत करिब ५ बर्ष देखि स्वास्थ्य चाैकीमा काम गर्दै आएका हे अ चन्द्रेश्वर शाह ले झण्डै ७ सय दिन कर्णालिकाे पानी खाएकाे ब्यथा सुनाए । उनले भने बिषतमा १ धारामा चल्ने यहि पानी नपुगेर हैरान थियाे। अब त धेरै सुबिधा भएकाे छ । त्यहि पानी सबैकाे घर घरमा पुगकाे छ ।

नेपाल रेडक्रस साेसाइटी सँगकाे सहकार्यले यस गाँउपालिकामा खानेपानी निर्माणकाे क्षेेेेेत्रमा नमुना र श्रहानिय काम भएकाे छ । त्यसमा पनि मेराे वडामा पहिलाे याेजना सम्पन्न भएकाेमा खुसि छु । वडा न ४ का वडा अध्यक्ष अनुरुप राेकायले बताए । बिगतमा यहि ठाउमा बारम्बार पैसा खर्च गर्दा पनि याेजना नबनेकाे , पानी नआएकाे दुखेसाे पनि सुनाए ।

गाँउपालिकामा निर्मानाधिन ८ वटा खानेपानी आयाेजना मध्येय सम्पन्न मिटर सहितकाे एक घर एक धारा पेटारी जारकाेट खानेपानी आयाेजना पचालझरना ४ पहिलाे आयाेजना भएकाे गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए । उनका अनुसार बाकी ७ वटा आयाेजना मंसिर सम्म सम्पन्न गर्ने याेजना अनुसार काम भइरहेकाे छ।

यस वर्ष पचालझरना गाँउपालिकामा ५ वटा वडामा एक घर एक धारा काे आयाेजना सम्पन्न गर्ने याेजना रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको