रोल्पामा यसरि नाँच्दा रहेछन पैसरे (लहरे) नाँच [भिडियो र फोटोसहित]

चैत २९, रोल्पा । रोल्पाको पश्चिममा परम्पराकालदेखि बिभिन्न चाडपर्व, बिबाह तथा मेलाहरुमा लहरे नाँच प्रस्तुत गर्ने चलन छ । उनीहरुको आफ्नै रित हो । उक्त लहरे नाँचलाइ पैसरे नाँच पनि भनिन्छ । यो स्थानीयहरुको मौलिक नाँच पनि हो ।

लहरे तथा पैसरे नाँचमा आबस्यक पर्ने बाजाहरु दमाह (नंगारो), ठुलो मादल, स्टिल वा काँसको झ्याली, बाँसको बाँसुरी, खुट्टामा लगाउने पैसरे (पैया), डौउरिको तालमा रमाइलो गर्ने गरिन्छ ।

रोल्पाको गंगादेव गाउँपालिका ३ अन्तर्गत घोप्टेओढार, ढिडपिटे, कालाभिर र डांडाखुटी टोलका स्थानीय समुदायहरुको लहरे नाँच नयाँ पिडि परम्परागत मौलिक नाचलाई जोगाउन कसरत गरिरहेका छन् ।

बुढापाकाहरु उमेर अबस्थाले गाउँ छोडेर जाँदै गर्दा स्थानीय मौलिक नाँच पनि लोप हुने भएपछी स्थानीय युवाहरु उक्त लहरे नाचको जगेर्ना गर्न जुटेको लहरे समुहका अभिभाबक डब्बल घर्तिले बताए ।

घर्ति मगर उक्त लहरे नाँचका अगुवा हुन् । उनैले नयाँ पिडिलाइ लहरे नाँच सिकाइ रहेका छन् । उनले भने ‘म संगै नाँच्ने दौतरीहरु मरेर गएपछि, केहि समय देखि लोप हुनै लागेको लहरे नाँच स्थानीय युवाहरुको जागरुकतामा फेरी बचाउने काम हुँदैछ, खुसि लागेको छ’ ।

हेर्नुहोस भिडियो:

फोटाहरु

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको