काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४० बढी घाइते

असोज २४, काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् ।

 

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या संख्या बढ्न सक्ने बताइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेकाे छैन ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ । घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन् । घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको