विप्लबले जब शहिद सुनिललाई सम्झीए…!

नेत्र बिक्रम चन्द ‘विप्लब’ । त्यो दिन हाम्रा आँखाबाट धेरै आँशु बगे । आफैंलाई थाम्न भारी परिरहेको बेला कमरेड वागमती थापाको वियोग र आँशुले हामीलाई झ्न अथाह वेदनामा डुबाइदियो । हामी निकै भावुक बन्यौं । धेरै दिनसम्म हाम्रा आँशुहरू रोकिएनन् । युद्धमा यस्तो पनि हुन्छ । जनमुक्ति सेना नेपालको प्रथम डिभिजन घोषणा गर्ने दिन कमरेड सुनील उद्घोषक हुनुहुन्थ्यो । रोल्पा मानिमारेको ठूलो चौरमा प्रथम डिभिजनका योद्धाहरू आ–आफ्नो फर्मेसनबद्ध लाइनमा बसेका थिए । अतिथिमा म, पासाङ, सुदर्शन थियौं । डिभिजनको नयाँ फर्मेसन घोषणा भयो । मैले नयाँ कमान्डरमा कमरेड सुनील छानिएको जानकारी गराउँदै जनमुक्ति सेनाका कमरेडहरूलाई बधाई र शुभकामना दिएँ । साथै, पार्टीको नयाँ कार्ययोजना प्रत्याक्रमणतिर बढेको पनि बताएँ ।

मेरो मन्तव्यपछि पासाङ कमरेडले बोल्दै हुनुहुन्थ्यो । यत्तिकैमा एउटा जासुस विमान हामीभन्दा पूर्व भावाङको लेकमाथि देखाप¥यो । एकै छिनमा त्यो प्लेन हामी बसेको पहाड हुँदै टाउकैमाथिको आकाशमा फन्को मार्न थाल्यो । जासुस प्लेन पटकपटक फन्को मार्न थालेपछि हाम्रो आईएनटी विभागको जनसेनाले प्लेनले देखिसकेको र उसले माथि जानकारी गराइसकेको सूचना दियो । आईएनटीले खतरा बढेको सङ्केत गरेपछि कार्यक्रम छोट्याउनुपर्ने सुझाव पनि दियो । नभन्दै त्यतिबेलै पश्चिमतिरको पहाडको खोंचबाट पहिले घुइरो आवाजमा हेलिकप्टर देखाप¥यो । आईएनटीले जासुसले हेलीलाई छिटो बढ्न कमान्ड गरिरहेकाले कार्यक्रम रोक्न भन्यो ।

पासाङजी र हामीले पनि तुरुन्तै निर्णय ग¥यौं । कमरेड सुनील आफैंले माइकबाट सबै ब्रिगेड र फर्मेसनहरूलाई विभिन्न कमान्डमा विभाजन गरेर निर्देशन गर्नुभयो । हामीलाई नजिकैको घरमा कभर लिन भन्नुभयो । म र सुदर्शनजी छिटछिटो त्यतै लाग्यौं । हामी घरमा नपुग्दै हेलिकप्टरले आकाशबाट भरर्रभरर्र गोली वर्षाउन थाल्यो । हाम्रो जीपीएमजी गु्रपले पनि जवाफी फायर गर्न थाल्यो । जिनावाङ र मनिमारे युद्ध मैदानमा परिणत भयो ।

‘चौरमा हान, जङ्गलमा हान, घरमा लन्चर हान, त्यहाँ छन् आतङ्ककारीहरू, ठीक छ, राम्रो हानिस्… ।’ जासुस विमानले हेलीलाई कमान्ड गरिरह्यो । हामी बसेकै घर वरिपरि, नजिकै गोली वर्षिए, हाम्रो सुरक्षामा खटिएका एउटा कमरेडलाई झन्डै गोली लाग्यो । महिला कमरेडले मलाई ढोकानजिक नबस्न सल्लाह दिनुभयो । हाम्रो घरलाई निशाना गरेर लन्चर हान्न थालेको भन्दै सूचकले घर छोड्न आग्रह गरे । हामी सोच्दै थियौं, लन्चरको सेल नजिकै खसिहाल्यो । हामी निस्किएर जङ्गलतिर लाग्यौं । बाटोमा सल्यानका सचिव कमरेड दर्शन आएर कमरेड सुनीललाई गोली लागेको, स्थिति बुझ्न नसकेको सूचना दिनुभयो । हामी झस्कियौं । एकैछिनमा क. जटिललाई पनि पेटमा गोली लागेर गम्भीर भएको जानकारी आयो ।

म र सुदर्शनजी उभिएका थियौं, विद्यार्थी भाइ आएर क. सुनीलको स्थिति गोली लागेर जटिल भएको सुनाए । मैले सोधिहालें, ‘गोली कहाँ लागेको छ ?’ भनेर । विद्यार्थी भाइले जानकारी दिए, ‘निधार र टाउकोमा लागेको छ, बेहोस हुनुहन्छ ।’ हामीलाई अवस्था सोचेभन्दा जटिल छ भन्ने लाग्यो र उहाँ भएतिर लाग्यौं । त्यतिबेलासम्म डाक्टरहरू पुगिसक्नुभएको रहेछ । सबै कमरेडहरू चिन्तित र अँध्यारो मुहारमा हुनुहन्थ्यो । उहाँको सुरक्षा स्टाफ कमरेडहरू निकै भावुक हुँदै रोइरहनु भएको थियो । एकजना सरुण भन्ने कमरेडले आफूलाई बन्दुक दिन आग्रह गर्दै आक्रोशित रूपमा भन्दै थिए, ‘मलाई बन्दुक दिनुस्, म लड्न चाहन्छु, दुश्मनसँग लड्न चाहन्छु ।’

सुनीलकहाँ पुग्दा उहाँ निस्लोट देखिनुहन्थ्यो । निधारबाट रगत बगिरहेको थियो । बायाँपट्टिको निधारको भाग गोलीले उडेको थियो । हेर्नेबित्तिकै उहाँ बाँच्नुहुन्न भन्ने हामीलाई लागिहाल्यो । म त थामिनै सकिनँ, मेरा आखाँबाट आशु झरझरी झर्न थाले । सुर्दशनजीले सम्झाउनुभयो । मैले डाक्टरलाई सोधें, ‘स्थिति के छ ?’ उनीहरूले जवाफ दिए, ‘सम्भव छैन ।’ त्यत्तिकैमा पासाङ पनि आइपुग्नुभयो । डाक्टरहरूले कल्पनै नगरिएको परिणाम सुनाए, ‘क. सुनील सहिद हुनु भयो’ भनेर । म, पासाङ, सुदर्शन र थुप्रै कमरेडहरू अँगालोमा बाँधिएर निकै रोयौं । क. सुनीललाई अँगालोमा कसेर निकै पटक रोयौं । कुनै कमरेडले मलाई तानेर भने, ‘सर, अरुलाई सम्झाउनुपर्ने मान्छे, आफैं नसह्मालिने ?’
कमरेड वागमती थापा, क. सुनीलकी जीवनसाथी पनि त्यतै हुनुहुन्थ्यो । तर, गोली लागेको ठाउँमा होइन । उहाँलाई कसरी सम्झाउने र संयम गराउने ! हामीलाई गाह्रो भयो । केही कमरेडहरूले भने, ‘जानकारी नै नदिऊँ’ । कसैले ‘भोलि जानकारी दिऊँ’ भने । तर, हामीले निर्णय ग¥यौं, आजै दिऊँ र क. सुनील तथा जटिललाई आजै दाहसंस्कार गरौं । भोलि फेरि अर्को लडाइँ भई नै हाल्ने छ ।

हामी वागमती कमरेडलाई भेट्न गयौं । धेरै साथीहरू रोएको र हामी उहाँलाई भेट्न गएपछि त उहाँले अनुमान लगाइसक्नु भएछ । भेट्नासाथ हामी धेरै जना रोकिनै सकेनौं । म त झन् बगिहालें । उहाँले यति भन्नुभयो, ‘सर उहाँ हुनुहुन्न त ?’ पासाङले ‘माफ गर्नुस् म्याडम ! क. सुनीललाई गोली लाग्यो, हामीले बचाउन सकेनौं, उहाँ सहिद हुनुभयो’ भन्नुभयो । म त बोल्न पनि सकिनँ । वागमती म्याडमसहित हात पक्डेर हामी निकैबेर रोयौं । क. सुनील, जो सहिद भइसक्नु भएको थियो, उहाँ भएको ठाउँमा पुग्यौं । सहिद सुनीललाई देख्नासाथ क. वागमती निकै भावविह्वल हुनुभयो । हामीले केही न केही सम्झायौं । तर, उहाँलाई निकै गाह्रो भयो । हुन पनि वागमती थापा यस्ती कमरेड हुनुहुन्छ, जसले छोरा, ज्वाइँ, भान्जा जनयुद्धमा गुमाइसक्नु भएको थियो । उहाँ आफैं र छोरी दिव्यजोति पुलिसबाट गिरफ्तार भई बलात्कारको सिकार समेत हुनुभएको थियो । आज क. सुनीललाई समेत गुमाउनु भएको छ । कति ताप र बेहाल होला ! कल्पना गर्न पनि गाह्रो छ । त्यस बेला मैले भनेको थिएँ, ‘म्याडम ! हामी बाँचेसम्म सँगै हुने छौं र नजितेसम्म लडिरहने छौं ।’ बल्लबल्ल उहाँ सह्मालिनुभयो । उहाँप्रति गौरव गरिरहन मन लाग्यो ।

क. सुनील र उहाँसँगै क. जटिललाई राति ११ बजे मनिमारेको जङ्गलमा रातो झन्डा ओढाउँदै अन्तिम बिदाइ ग¥यौं र लालसलाम ग¥यौं । आकाशमा फायर ग¥यौं । नजितेसम्म लडिरहने प्रण ग¥यौं । गगनभेदी नाराहरू लगायौं । त्यही बेलै अध्यक्ष प्रचण्ड, क. दिवाकर, क. महरालाई फोनबाट जानकारी गरायौं । एकै छिनमा देशैभरिबाट फोन आउन थाले र समवेदना पनि । त्यतिबेला हामी माओवादीमा कति आत्मीयता, कति समवेदना र भावना थियो ! ओहो, त्यसको त मापनै छैन ।

क. सुनीललाई गोली कसरी लाग्यो, संजोग नै भनौं– त्यत्रो भीडमा अरु कसैलाई केही भएन । जम्मा दुई जनालाई मात्र गोली लाग्यो । त्यसमा क. सुनील नै पर्नुभयो । यसबारे सँगै रहेका केही कमरेडले बताए कि आकाश र जमिन दुवैतिरबाट गोली चल्न थालेपछि उहाँ कभर लिएको गोठबाट कमान्ड गरिरहनु भएको थियो । उहाँ गोठको कर्नरबाट हेलिकप्टर उडिरहेको दिशातिर हेरिरहनु भएको थियो । त्यत्तिकैमा एसएमजीको गोली गोठको भित्ता फोरेर उहाँको निधारमा लाग्न पुग्यो । उहाँ बिस्तारै ढल्नुभयो र जेठो छोराको नाम लिनुभयो– ‘विजय !’ भनेर । जुन छोरालाई उहाँले निकै भर गर्नुहुन्थ्यो । तुरुन्तै उहाँका स्टाफले घाउ छोप्यो र रगत रोक्न खोज्यो । तर, त्यो सम्भव थिएन । त्यसपछि उहाँ कहिल्यै होसमा आउनु भएन ।

क. सुनीलले नयाँ योजना आउँदा मलाई हाँसोमा भन्नुहुन्थ्यो, ‘विप्लव सर, अब आगो पार्नुपर्छ है !’ उहाँलाई थाहा थियो कि योजनालाई कार्यान्वयनमा लैजाँदा हामीले ‘आगो पार्ने’ शब्द खुब प्रयोग गर्दथ्यौं जनयुद्धमा । एकपटक देशभरि कारबाही भइसक्दा हाम्रो आधारक्षेत्रमा दुश्मन ननिस्किएकाले कारबाही हुन ढिलाइ भइरहेको थियो । एक दिन उहाँले अर्घाखाँचीको जङ्गलबाट फोन गर्नुभयो, ‘विप्लव कमरेड, आज त आगो प¥यो ।’ फोनमै हाम्रो निकैबेर उत्साहित कुराकानी भयो र मैले तुरुन्तै बधाई दिएँ । जुन कारबाही थियो, पहिलोपटक भीडन्तबाट ८१ एमएम तोप, भारी हतियारको प्राप्ति । त्यसमा क्षति त्यति धेर भएन । दुश्मनपट्टि ठूलो क्षति भयो । हामीले उहाँलाई धेरै बधाई दियौं ।

क. सुनील एक अनुपम नेता हुनुहुन्थ्यो । मलाई ताजाजस्तै लाग्छ, आधारइलाकाको कुनै गाउँमा हामी सँगै बसेर भलाकुसारी गरेका थियौं । उहाँको एउटा भनाइ र एक साँझको कुरा, लाल्टिनको उज्यालोमा पार्टीका तत्कालीन अध्यक्ष प्रचण्ड, क. दिवाकर, क. महरा, क. पासाङ, म र क. सुनील गोलघेरा मारेर बसेका थियौं । वर्षातको समय, ओसिलो मौसम र चुनबाङको लेकमा बसेर थोरथोरै रसपान । सहरको भाषामा ‘डिनर’ चलेको थियो । केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समिति घट्न सक्ने सम्भावनाबारे छलफल हुँदा प्रचण्डले सुनीलतर्फ फर्केर ‘कोसिस गर्दागर्दै पनि सकिएन भने के गर्ने सुनीलजी !’ भन्नुभयो । भावमा प्रष्टै बुझिन्थ्यो कि क. सुनीललाई केन्द्रीय समितिमा कायम गर्न सकिएन भने के गर्ने भन्ने नै थियो । सुनील कमरेड थोरै मुस्कुराएर भन्नुभयो, ‘अध्यक्ष कमरेड ! मलाई हाम्रो विचारप्रति, हाम्रो नीतिप्रति, हाम्रो नेतृत्वप्रति पूरा विश्वास छ । मेरो पार्टी सदस्य केही नहोस्, क्रान्तिमा लड्न पाऊँ, अरु जहाँ हुन्छ, मलाई कुनै पर्बाह छैन ।’ अनि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सुनीलजीको भनाइ निकै हाइटबाट आयो । यत्ति कुरा बुझेपछि त कुनै समस्या नै रहेन । तर, म र महरा कमरेडले सम्भव रहेसम्म सुनीलजीलाई अवसर दिनु उचित हुने तर्क ग¥यौं । जसप्रति प्रचण्ड र दिवाकरको पनि सहमति थियो ।

चुनवाङ बैठक सकियो । केन्द्रीय समिति घटेर पैंतीस जनामा झ¥यो । क. सुनीललाई चाहेर पनि केन्द्रीय समितिमा राख्न सकिएन । तर, उहाँ ब्रिगेड कमिसारबाट डिभिजन कमान्डरमा नियुक्त हुनुभयो । हामी खुशी नै भयौं । हामी आधारइलामा कार्यरत थियौं । नयाँ डिभिजन बनाउने निर्णय गरिसकेपछि हामीले यसको संरचना डेढ महिनामा पूरा गरिसक्नुपर्ने थियो । नयाँ क्याडर भत्र्ती गर्नुपर्ने, तालिम गराउनुपर्ने, लजिस्टिक जुटाउनुपर्ने, आर्थिक जुटाउनुपर्ने, एक हजार वरिपरि स्वयम्सेवक जुटाउनुपर्ने थियो । वास्तवमा यी सबै काम हामीले युद्धस्तरमा सञ्चालन नगरे पूरा गर्न सम्भव थिएन । किनकि पार्टीले ढाडमा टेकेर टाउकोमा हान्ने सैन्य–अभियान सञ्चालन गर्दै थियो । यता प्रचण्ड र बाबुराम भारतबाट फर्केपछि आवश्यक कारबाहीहरू खारेज गरेर ‘जोड–कोण’ का तर्क गर्दै लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पास गरिएको थियो । काङ्ग्रेस–एमालेसँग कार्यगत एकता गर्ने सहमति बन्दै थियो । त्यसैको दुष्परिणाम हामी भोग्दै छौं अहिले ।

योजना बनेपछि कार्यान्वयन गर्नमा हामी माओवादीको बिछट्टै प्रकारको हुट्हुटी हुन्थ्यो । हामीलाई थकावटको थोरै महशुस नै हँुदैनथ्यो । दिनभर हिँड्यो, साँझ खाना खायो अनि राति फेरि हिँड्यो । कसले अनुमान गर्न सक्थ्यो– हाम्रो गतिलाई ! आज सम्झिँदा आफैंलाई पनि रोमाञ्चकारी महशुस हुन्छ ।

हामीले कुनै कमी नगरी तयारी पूरा ग¥यौं । हामीले नयाँ रिक्रुट, लजिस्टिक, ड्राइफुड, स्वयम्सेवक, आर्थिक– सबै तयार पा¥यौं । र, फर्मेसनको घोषणामा जुट्यौं । फर्मेसन घोषणा पनि गरिभ्यायौं । हाम्रो आधारइलाकाको सोचाइ थियो कि क. सुनीलहरू डिभिजन लिएर गण्डक जानुअघि एकपटक आधारइलाका अन्तर्गतका पाँच जिल्लामा लोकतान्त्रिक जनसभाहरू गर्ने । क. सुनीलले पहिलो लडाइँको कमान्ड समालिसक्नु भयो । अपसोचको कुरा ! आफ्नो फर्मेसनलाई पङ्क्तिबद्ध बनाउन सफल भए पनि सो पङ्क्तिलाई लिएर पूरा नेतृत्व गर्न नपाउँदै सहिद हुनुभयो । उहाँ सहिद भएपछि हामीले नयाँ डिभिजन कमान्डरमा क. सरदलाई नियुक्त ग¥यौं र लोकतान्त्रिक सभासँगै क. सुनीलका स्मृतिसभाहरू पनि ग¥यौं । हामी रोल्पा, रुकुम, सल्यान, दाङ, प्यूठान सबैतिर पुग्यांै । त्यतिबेलै हो, वुद्धिजीवी खगेन्द्र संग्रौला, हरि रोका आदि र थुप्रै पत्रकारहरू काठमाडांैबाट आधारइलाकामा भाषण गर्न आइपुगेका थिए ।

म अहिले पनि क. सुनीलको भनाइ सम्झिरहन्छु, ‘एक क्रान्तिकारी सिपाहीका लागि आफनो वर्ग, क्रान्ति, सत्ता, विचार र आदर्श मुख्य कुरा हुन्, अरु सबै अस्थायी मामिला हुन् ।’ क. सुनीलले त सहिद हुँदासम्म पनि आफूलाई पूर्णतः सही सावित गरिसक्नु भएको छ र उहाँसहितको जिम्मेवारी हाम्रो काँधमा थमाएर हाम्रो माझबाट बिदा हुनुभएको छ । तर, हामी अनिश्चित लडाइँमा छौं यतिबेला । हामी माओवादीका आफ्नै विचार, आदर्श, उद्देश्य र आकाङ्क्षा चुनौतीका पहाड बनेका छन् । कसले अन्तिम सास रहेसम्म महान् जनयुद्धको आदर्शलाई पार लगाउला ? को नीच, घटिया र तुच्छ स्वार्थको किच्चडमा नाक रकड्दै जनताका बैरीसामु लत्रिएर जाला ? भन्न कठिन छ । तर, यति चाहिँ पक्का छ, क्रान्तिको ज्योति कहिल्यै निभ्ने छैन । सहिदको सपना मेटिने छैन । सम्पूर्ण मानवजातिलाई उन्नत सभ्यतातिर पु¥याउने कम्युनिस्ट आदर्शलाई हाम्रो वर्गले पार लगाइछाड्ने छ ।

कमरेड सुनीलकै स्मृतिमा मैलेजङशीर्षकको एउटा गीत लेखें

जङ, जङ हो यो जङ, साथी जङ

वीरहरूले खेल्ने, क्रान्तिकारीले झेल्ने

यो शान्त तलाउजस्तो हुन्न

यो गर्जिने भेलजस्तो हुन्छ

यो मन्द हावाजस्तो हुन्न

यो आँधीतुफानजस्तो हुन्छ

जङ, जङ हो यो जङ, साथी जङ

कमरेड सुनील आज पनि हामी सबैको स्मृतिमा बाँचिरहनु भएको छ । तपाईंंसँगै हाम्रो महान् आदर्श पनि बाँचिरहने छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको