ट्रेन्डिङ

  • प्रधानमन्त्रीको मुटुमा राखिएको नली निकालियो

    भदौ २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर (नली) बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ ।

    सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार गर्दा मुटुमा क्याथेटर राखिएको थियो । सेन्टरका चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर १५ मिनेटमा निकालिएको थियो ।

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री सामान्य फलोअपका लागि सेन्टर पुगेका हुन् । अस्पताल स्रोतका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा यसअघि सिङगापुरमा राखिएको क्याथेटर निकालिएको हो ।

    चिकित्सकहरुका अनुसार ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालिएपनि थप उपचार गर्नु नपरेको बताएका छन् ।

    उनी जाँचपछि बालुवाटार फर्किसकेका छन् । सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि चिकित्सकले ओलीलाई आराम गर्न सुझाएका थिए । चिकित्सकको सल्लाह अनुसार नै ओलीले वालुवाटारबाटै भेटघाट गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको