प्रदेश २ मा सोमबार सार्वजनिक विदा

साउन २६, धनुषा । इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले भोलि (सोमबार) सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा (बकर इद)को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचार, सुख र शान्तिको अभिवृद्धिको कामना होस् ।’

उलने इद हर्षोल्लाससाथ मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको