ट्रेन्डिङ

सिआईबिको डिएसपी भएको भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

असार २६, काठमाडौं । नेपाल प्रहरीको सिआईबिको डिएसपी भएको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी कुमार बिक्रम थापाले जिल्ला धादिङ धुनिवेशी नगरपालिका २ का ३८ बर्षीय नक्कली डिएसपी राजेन्द्र प्रसाद लुईटेललाई पक्राउ गरिएकाे बताए ।

लुईटेललाई नगार्जुन नपा ७ सितापाईलावाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनका अनुसार ‘आफ्नो सेक्युरिटी कम्पनी रहेको बताएर ५ प्रतिशत शेयरका रुपमा १ लाख ६० हजार रुपैयाँ उनले उठाएका थिए ।’ उनका अनुसार प्रहरीले बार्गेनिङ गर्दै गरेको अवस्थामा लुइँटेललाई पक्राउ गरेको थियो ।

प्रहरीले सार्वजनिक गरेको लुइँटेलको फोटो अगाडि सञ्चार सेट पनि देखिएको छ । सामान्यतः सुरक्षा अधिकृतले सूचना आदनप्रदानका लागि सञ्चार सेट प्रयोग गर्छन् । तर, उनले बोकेको सेट सुरक्षाकर्मीसँग हुने सेट नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कुनै निजी सुरक्षा एजेन्सीको सेट उनले प्रयोग गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यद्यपि, आफूलाई डीएसपी भएको प्रमाणित गर्न उनले सेट बोक्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको