ट्रेन्डिङ

भोजपुर घटनाबारे यस्तो छ विप्लब नेकपाको धारणा [विज्ञप्ति सहित]

असार २६, काठमाडौं । देश फेरी मुडभेट तिर डोरिने खतरा बढेको छ । नेपाल सरकार र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच उत्पन्न घटनाक्रमहरुले देश फेरी युद्दमा फस्ने खतरा भएको हो ।

त्यसैगरी बुधबार भोजपुरमा प्रहरी र विप्लब कार्यकर्ता बीच भएको घटनाले नागरिकलाई थप त्रसित बनाएको छ । भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईसंग जम्का भेट हुँदा प्रतिरोध गर्ने क्रममा निरकुमार राईको सहादत भएको नेकपाले जनाएको छ ।

मृत्यु भएका प्रहरी राईले जेष्ठ ७ गते तिर्थ घिमिरेको हत्या गरेको नेकपा सगरमाथा व्युरो इन्चार्ज अधिकारले बिज्ञप्ति मार्फत खुलासा गरेका छन् । व्युरो इन्चार्ज अधिकारले भनेका छन् ‘कमरेड तिर्थका हत्यारासँग जम्काभेट हुँदा प्रतिरोध गर्ने क्रममा कमरेड निरकुमार राई ‘प्रशान्त’को सहादत भएको छ ।’

सुरक्षाकर्मी माथि आक्रमण गर्ने पार्टीको नीति नभएको स्पष्ट पारेका छन् । तर यता प्रहरीले भने दोहोरो भिडन्तमा एक प्रहरी र एक विप्लब कार्यकर्ताको मृत्यु भएको दाबि गरिरहेको छ ।

सरकारले एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको नेकपाले आरोप लगाएको छ । भोजपुरका तिर्थराज घिमिरेलाई गत जेठ ७ गते भोजपुर टेम्के मयुम गाउँपालिका -२ दलसिंगेको बाटो हिडिरहेका बेला गिरफ्तार गरी हत्या गरेको बताएको छ । तिर्थको हत्या गर्ने मध्यका प्रहरी संजिव राई र उनको टोलीसँग असार २५ गते खलढुङ्गा जिल्ला समितिका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’ भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्कने क्रममा जम्काभेट हुँदा तिनै प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा प्रशान्तको मृत्यु भएको नेकपाको बिज्ञप्तिमा उल्लेख छ ।

जिल्ला समितिका सेक्रेटरी नीरकुमार राई ‘प्रशान्त’ षडानन्द नगरपालिका वार्ड नं. १३ गोया ओखलढुङ्गाका थिए । उनको मृत्यु भएपछी नेकपाले थप कडा संघर्षका कार्यक्रम लैजाने घोषणा समेत गरेको छ ।

विज्ञप्ति हेर्नुहोस

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको