बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु

असार २६, काठमाडौं । भारतको बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु भएको छ ।

मंगलबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।

घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का छन् ।

पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो । भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन् । तीनै जनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । घटनामा ७ जना घाइते छन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको