दाङमा विवाह गर्छु भन्दै करणी गर्ने एक युवक प्रहरीको फन्दामा

जेठ २८, दाङ । दाङमा करणीको आरोपमा एक युवक पक्राउ परेका छन् ।

विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको पीडितको जाहेरीका आधारमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १८ बर्षीय जीवन भनिने रुपक भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

भण्डारीलाई गएको बर्ष चैतदेखि दाङकी एक महिलालाई करणी गरेको आरोप लागेको छ । घोराही १० डोक्रेना चोक स्थित कोठा लिई बारम्बार ज्यान मार्ने र बेईज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

उनलाई मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा १४ वमोजिम पाँचदिन म्यादथप गरि अनुसन्धान गर्न लागिएको पाण्डेले बताए ।

राप्ती राजमार्गमा लुटापट

दाङमा एक दम्पतीमाथि लुटपाट भएको छ ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमिलिया तुलसीपुर सडकखण्डमा पर्ने जंगलमा उनीहरु माथि लुटपाट भएको हो ।

नेपालगंज निवासी अन्सार अन्सारी र उनको परिवारलाई बीच जंगलमा रोकेर ५ जना युवाहरुको समुहले लुटपाट गरेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

त्यो समुहले अन्सारी दम्पतीको साथमा रहेको ६ हजार नगद र सामसुङ कम्पनीको १५ हजार मुल्य पर्ने मोवाईल पनि लुटपाट गरेको छ ।

अन्सारी दम्पतीले लुटेरा समुहले आफुहरुलाई हातपात समेत गरेको बताएका छन् । बाँकेदेखि दाङको तुलसीपुर तर्फ रा ३ प ६५९३ नम्बरको मोटरसाइकलमा आइरहेका अन्सारी दम्पतीलाई सोमवार बेलुका आठ बजेतिर बीच जंगलमा रोकेर उक्त समुहले कुटपिट र लुटपाट गरेको थियो ।

लुटपाट गर्ने क्रममा उनीहरुले छुरी तथा घरेलु हतियार र लाठी समेत देखाएर कसैलाई भने ज्यान लिने धम्कि समेत दिएको अन्सारी दम्पतीले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले भने सडक निर्माण र मर्मतमा खटिएका केही युवाहरु माथि आशंका उब्जिएको बताए । केही माथि सोधपुछ भइरहेको एसपी पाण्डेले जानकारी दिए । प्रहरीले लुटेरा समुहको खोजी भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको