ट्रेन्डिङ

समावेशी लोकसेवाको माग गर्दै प्रदर्शनमा उत्रिए जनजाति [फोटो फिचर]

जेष्ठ २८, काठमाण्डौ। लोकसेवा आयोग बिषयलाई लिएर नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग राख्दै आदिवासी जनजातिहरू प्रदर्शनमा उत्रिएका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा सूचिकृत ५९ जातीय संस्था लगायतले मंगलबार काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

लोकसेवा आयोगले समानुपातिक समावेशी सिद्धान्तको भावना र मर्मविपरीत जारी गरेको विज्ञापन खारेज हुनुपर्ने माग राखेका छन् ।

‘संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’ नारासहित विरोध प्रर्दशन गरेका हुन् ।

संविधानलाई कुल्चिने काम भएकोले बाध्यात्मक आन्दोलनमा उत्रिनु परेको उल्लेख गर्दै महासंघको अध्यक्ष जगतबहादुर बरामले राज्य सरकारले सुनुवाई नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।’

प्रदर्शनका झलकहरु:

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको