ताजा अपडेट

सल्यानमा विप्लव नेकपाका नगर इन्चार्ज बादी पक्राउ

असोज २३, सल्यान । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नगर इन्चार्ज पक्राउ परेका छन् ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज कालुराम वादिलाई कर्णाली प्रदेश विशेष व्युरोले पक्राउ गरेको हो । वडा नं ४ च्युराबाट वादीलाई बुधबार राति १० वजे व्युरोको टोलिले पक्राउ गरेको जनाएको छ ।

बादिलाई बुधबार राती ईलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारमा ल्याइएको थियो । तर उनलाई आज (बिहिबार) जिल्ला प्रहरी कार्यलय सल्यान लगिएको प्रहरीले जनाएको छ । सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएसँगै वादि भुमिगत रहेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको