नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न दिन्नौं: महानिरीक्षक खनाल

भदौ २४, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताएका छन् ।

प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधीहरुले नराख्दा हुने चेतावनी पनि दिए ।

उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधीहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतमा कारवाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।

मंगलबार नेपाल पुलिस क्लब परिसरमा निर्मित एक भवनको शिलान्यास गर्दै उनले नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि उर्जाका साथ काम गरिरहेको दावी पनि गरे ।

प्रहरी महानिरीक्षक खनालले अपराध गरेपछि नेपालमा उन्मुक्ति पाईन्छ भन्ने गलत सोच नराख्न पनि आग्रह गरे । उनले साईबर क्राईम नियन्त्रणको कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको