मनमौजी स्थानीय जनप्रतिनिधिः स्वीकृतिबेगर विदेश भ्रमण

भदौ २४, काठमाडौं । विराटनगर महानगरपालिकाले प्रमुख भीम पराजुली र प्रमुख कार्यकारी अधिकृत एकदेव अधिकारी जापानमा विपद् व्यवस्थापन कार्यक्रममा भाग लिनेसम्बन्धी प्रस्ताव अनुमोदन गरिदिन भदौ ३ मा पठाएको पत्र मन्त्रिपरिषद्मा अझै विचाराधीन छ तर पराजुली र अधिकारी जापान उडिसेका छन् ।

फिनल्यान्डको हेलसिन्कीमा भदौं १६–१८ मा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिन काठमाडौँ महानगरपालिकाले प्रमुख विद्यासुन्दर साक्य र उपमेयर हरिप्रभा खड्कीको नाम अनुमोदनका लागि पठाएको पत्र संघीय मामालिा तथा सामान्यप्रशासनमन्त्री लालबाबु पण्डितले अस्वीकृत गरिदिए तर शाक्य र खड्की फिनल्याण्ड प्रस्थान गरे ।

विराटनगर र काठमाडौँका जनप्रतिनिधिझैं संघीय सरकारको स्वीकृतिबिनै विदेश भ्रमणमा जानेहरु अरु थुप्रै छन् । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको