ट्रेन्डिङ

रात्रिबस दुर्घटना हुँदा २३ जना घाइते

चैत २७, डडेल्धुरा । बुधबार कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना ४ ख ६८३६ नम्बरको रात्रिबस दुर्घटना हुँदा २३ जनाको घाइते भएका छन् । बिहान अमरगढी नगरपालिका–११ सल्लाघारी नजिकमा दुर्घटनामा परेको हो।

घाइतेमध्ये २२ जनाको अवस्था सामान्य छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ।

नयाँ वर्ष तथा विशु पर्व मनाउन घर फर्केका यात्रु दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको