नेविसंघले भारतीय दूतावासको मुख्य गेटमै जलायो प्रधानमन्त्री मो’दीको पु’त्ला

कात्तिक २२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अमृत साइन्स क्याम्पस इकाई कमिटीले लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पु’त्ला द’हन गरेको छ ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि आक्रोसित विद्यार्थीले निशेधित क्षेत्र तोडेर गेटअगाडि पु’त्ला द’हन गरेका हुन् ।

नेविसंघ अस्कल क्याम्पसका कार्यवाहक अध्यक्ष पुरन रोकाया (सुदामा)को नेतृत्वमा दूतावास पुगेको विद्यार्थी टोलीले पु’त्ला द’हन गर्नुका साथै नेपाली भूभाग मिच्न पाईँदैन भन्दै नाराबाजी समेत गरेका थिए ।

सोही क्रममा आक्रोसित विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो । झडपका क्रममा सुजन गुरुङ, देवेन्द्र तिवारी, अमृतजंग बस्नेत, प्रकाश अर्याल, आङनिमा शेर्पालगायत विद्यार्थी घाइते भएका छन् ।

आक्रोशित विद्यार्थीले आइतबार भारतीय दूतावासको सवारी साधन चल्न नदिने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको