अनशनरत डा. केसीलाई डडेल्धुरा अस्पताल लगियो

कात्तिक २२, डडेल्धुरा । चिकित्सा क्षेत्रको सुधारका मागसहित १७ औं पटक डडेल्धुरा पुगेर अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल सारिएको छ ।

डडेल्धुरास्थित निर्मला भट्टको निजी निवासमा अनसन बसेका डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनसन बसेको पाँचौं दिनमा अस्पताल सारिएको हो । उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ ।

डा. केसीको रेखदेखमा संलग्न स्वास्थ्यकर्मीहरुले उनको अवस्था कमजोर बन्दै गइरहेको उनलाई रिंगटा लाग्ने, शारीरिक क्षमतामा कमी आएको, भेटघाटकाक्रममा पनि बोल्न नसक्ने अवस्था आउन थालेको बताएका छन् ।

आजै डा. केसीको समर्थनमा डा केसीका समर्थकले डडेल्धुरामा विशाल प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

यसैबीच डाक्टर केसिको जीवनरक्षाको माग गर्दै शनिबार डाक्टर केसीका समर्थकले माइतीघरमा प्रर्दशन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको