प्युठानमा मुस्लिम इत्तेहाद संगठन बिघटन

कात्तिक २२, प्युठान । प्युठानमा नेकपाको शुभेच्छुक भातृसंगठन मुस्लिम ईत्तेहाद संगठन औपचारिक रुपमा बिघटन भएको छ ।

शुक्रवार सरुमारानी १ बाङ्गेसालमा बसेको भेलाले ११ सदसिय जिल्ला कमिटी बिघट्न गरेको हो । पार्टिले निरन्तर उपयोग तर, उपेक्षा गरिरहेको भन्दै उनिहरुले कमिटी नै भंग गरेका हुन ।

मुस्लिम समुदाय प्रती पार्टिको दृष्ट्रीकोण नबद्लिए पार्टी समेत परित्याग गर्न सकिने उनिहरुले चेतावनी दिए । मुलुकमा आमुल परिवर्तन भएपछि पनि मुस्लिमहरुलाई पार्टी कमिटीमा सहभागी नगराइनु, पार्टीमा मुस्लिम समुदायबाट प्रतिनिधीत्व गर्ने नेतालाई षडयन्त्रपुर्वक कारबाही प्रक्रीया अघि बढाईनु,मुस्लिम ईत्तेहात प्रती पार्टी बेखबर हुनु, पार्टी गतिबिधीमा उनिहरुलाई बेखबर बनाईनुले आम मुस्लिमहरु अचम्मित भएका छन् ।जिल्ला पार्टिले मुस्लिमहरुको इन्चार्ज र सहईन्चार्ज तोक्दा बिद्यान बिपरित तोकेको भन्दै उनिहरुलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सधै उपेक्षा र अपमानको भारी बोकेर बसिरहन सकिन्न’ बिघटित ईतेहातका जिल्ला सचिब सलिम मियाले भने,’ यो पार्टिलाई दवाव हो,’ पार्टिले बेलैमा ध्यान दिओस अन्यथा पाटी छोड्छौ ।’ पार्टिले इत्तेहादलाई बेवास्ता त गर्यो नै मुस्लिम समुदायका मुद्धा तर्फ ध्यान नै दिएन’- उनले भने ।

यसले पार्टिमा मुस्लिमहरुको योगदानको कदर र पहिचान नगरिएको स्पष्ट हुने विज्ञप्ति उल्लेख छ ।

हेर्नुस विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको