त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा दुईवटा विमान ठोक्किए

कात्तिक २२, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा दुईवटा विमान ठोक्किएका छन् ।

फाइल तस्बिर 

 शुक्रबार दिउसो  ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर-७२ जहाजलाई ठक्कर दिएको हो ।

विराटनगरबाट आएको श्री को जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा ठोक्किन पुगेको र जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जनाएको छ ।

श्री एयरको असावधानीले विमान ठोक्किएको बताइएको छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

घटना सामान्य भएकाले विमानस्थलमा आवागमनमा कुनै समस्या नआएको विमानस्थल प्रवक्ता प्रताप तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको