भारतीय दूतावास अगाडी विद्यार्थीले जलाए भारतको नयाँ नक्सा

कात्तिक २२, काठमाडौं । भारतको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै आज पनि विद्यार्थीले विरोध जारी राखेका छन्।

सत्तारूढ समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनलगायतको संयुक्त विद्यार्थी आन्दोलनले शुक्रबार बिहान लैनचैरस्थित भारतीय राजदूतावासअघि विरोध प्रदशर्न गरेका छन्।

उनीहरूले भारतले सार्वजनिक गरेको नयाँ नक्सा पनि जलाएका छन् । विद्यार्थीहरूले ‘लिपलेक हाम्रो हो’, ‘भारतीय विस्तारवाद-मुर्दावाद’, ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए ।

यसअघि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताएको थियो।

बिहीबार त्यसको जवाफ दिँदै भारतले नक्सामा भारतको सार्वभौम भूभाग समेटिएको र नेपालको सीमा परिवर्तन नगरिकएको जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको