पहिलोपटक फुटसल महोत्सव र साङ्गितिक झन्कार दुबईमा हुँदै

मंगलबार, २१ असोज २०७६,
पृथी छक बुढामगर, दुबई ।
नेपाली फुट्सल महोत्सव समितिले इनास यूएई र भेलोसिटी स्पोर्ट्स क्लब संग साझेदारी गर्दै आउदो १८ अक्टोबर २०१९ (सुक्रबार) यूएईमा रहेका सम्पूर्ण खेलप्रेमी, कलाप्रेमी, खेलाडी, दर्शक -कलाकारहरुलाइ मध्यनजर गर्दै नेपाली फुट्सल महोत्सव २०१९ यूएईमा रहेका नेपालीहरुलाई एकसाथ एउटै छानामुनि रमणीय वातावरणमा पहिलोपटक नेपाल र नेपालीहरुको युवा खेल शक्ति अन्तरास्ट्रिय स्तरमा पहिचान गराउन नेपाली फ़ूटसल महोत्सव आयोजना गरिएको हो ।

आउँदो सुक्रबार १८, अक्टोवर भेलोसिटी स्पोर्ट्स क्लब, अलकुज १, दुबाई, यूएई (टाइम्स स्क्वायर सेन्टर को पछाडी) मा हुन गइरहेको महोत्सवको सम्पुर्ण तयारी पुरा भइसकेको महोत्सव संयोजक ड्यान परियारले पोष्टपाटीलाई बताउनु भयो ।

य़ूएईमै ठुलो धन राशिको फूटसल (फूटबल) खेल इन्डोरमा हुने लागेको यो पहिलोपटक हो । यो महोत्सवमा फुलवल मात्रै नभएर विभिन्न सांस्कृतिक प्रस्तुतिबाट पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाइने भएको छ । यस महोत्सवमा पहिलो पटक यूएईका विभिन्न क्षेत्रबाट २४ वटा टिमबाट २४० खेलाडीको सहभागी हुने छ । खेल सुरुवात हुनुभन्दा १ हप्ता पहिले च्याम्पियन्स ट्रफि सातै ओटा प्रदेशमा परिक्रमा गराउने भएको छ ।

महोत्सवमा उपस्थित दर्शकहरुलाई थुप्रै आकर्षक उपहार प्रदान गरिने भएको छ भने साधाहरण दर्शकहरुलाई यातायातको ब्यबस्था पनि गरिने भएको छ । खेल समापनसंगै राजदुतावासको हातबाट पुरस्कार वितरण गरिने छ । पुरस्कार वितरण सकिए लगतै यूएईका प्रख्यात कलाकारहरुबाट बिबिध सांगीतिक कार्यक्रम सुरु गरिने भएको छ ।

सांगीतिक झंकारमा प्रवेश शुल्क अहिलेसम्मकै न्युनतम रकम १० दिराम तोकिएको छ । यस महोत्सवमा पारिवारिक वातावरणमा नेपाली स्वादिष्ट भोजन पाइने वातावरण पनि मिलाइने महोत्सव संयोजक परियारले बताउनु भएको छ ।

कार्यक्रम स्थलमा दर्शकहरुलाई विभिन्न २७ भन्दा धेरै खेलको मनोरञ्जन लिन पाउने भएका छन् । साथै विभिन्न क्षेत्रवाट २ हजार भन्दा धेरै खेलप्रेमी, कलाप्रेमी, खेलाडी, दर्शक-कलाकारहरु संख्या रहने अनुमानित गरिएको छ । यूएईको विभिन्न प्रदेशमा छरिएर रहेका व्यवसायी र संघ-संस्थाहरुको एकैसाथ भेटघाट हुने हुनाले यो महोत्सवलाई धेरैले एउटा अबशरको रुपमा लिने कुरामा कुनै शंका नरहेको व्यस्थापन समिति प्रमुख श्री रेखा घिमिरेले बताउनु भयो ।

साथै साँझ ६ बजे देखि बेलुका १० बजे सम्म प्रख्यात कलाकारहरु दिपक गुरुङ, नम्रता लामा, सरोज थापा मगर, अनुराग थपलिया, दिब्या सुब्बा, इन्द्र सेन्चुरी, कृष्ण सुनार, हरि मोक्तान, सुदिप गैरे, संगीता चापागाई, सपना राई सहित अन्य थुप्रै कलाकारहरुको सांगीतिक कोसेलीहरु रहने र खेलाडी टिम बाट पनि प्रतिभा प्रस्फुटन गर्न मंच प्रदान दिइने महोत्सव संयोजक परियारले जानकारी दिनुभयो ।

महोत्सवको थप जानकारी:
ड्यान परियार
संयोजक
+९७१ ५५ २३५६ ४१३
नेपाली फ़ुटसल महोत्सव २०१९ समिति

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको