एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान

कात्तिक २१, काठमाडौं । उच्च अदालत पाटनले नेपालका विभिन्न ७ वटा बैंकको एटीएम ह्याक गर्ने चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको (वाणिज्य) इजलाशले ५ जना चिनियाँ र १ फ्रेन्च नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको हो । उच्च अदालतले एटीएम ह्याकिङ प्रकरणमा मुछिएका नेपालीलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

एटीएम ह्याक प्रकरणमा मुछिएकामध्ये नेपाली नागरिक देवनाथ लामिछानेसँग ३० लाख तथा रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी मागिएको बताइएको छ ।

पुर्पक्षका लागि थुनामा पठाइएका चिनियाँ नागरिकहरुलाई भने कारागार कार्यालय जगन्नाथदेवल (सुन्धारा) चलान गरिएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको