बाग्लुङमा नेकपाका वागी उम्मेद्वार

कात्तिक २१, बाग्लुङ । प्रदेश सभा अन्तर्गत बाग्लुङ २ (ख) मा नेकपाका स्थानीय नेताले वागी उम्मेदवार दिएका छन् ।

वाम गठबन्धनबाट बिद्रोह गर्दै शेरमान घर्ती मगरले उम्मेदवारी दर्ता गरेका हुन् । घर्ती मगरको प्रस्तावकमा २०७४ मा नेकपा एमालेको तर्फबाट प्रदेशसभामा उम्मेदवारमा प्रस्तावित दधिराम आर्याल रहेका छन् ।

पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तीले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको बताए । घर्ती १२ वर्ष राजमोमै सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए । पछि पार्टीप्रति असन्तुष्टि जनाउँदै उनी तत्कालिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

गत स्थानीय निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकामा मेयरका लागि उम्मेदवार बनेका थिए । उनले १ हजार ४ सय मत प्राप्त गरेका थिए ।

सो क्षेत्रमा बामपन्थी दलहरुबीच चुनावी तालमेल रहेको छ । नेकपाले सो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाडेको छ । राजमोको तर्फबाट खिमविक्रम शाही उम्मेदवार रहेका छन् ।

उपनिर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट शाही, समाजवादी पार्टीबाट अशोक विक, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, स्वतन्त्र सन्तोष भण्डारी, मंगोल नेशनल अर्गनाइजेसनका मित्रबहादुर मगरले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।

प्रदेशसभाको राजमोका सांसद रहेका टेकबहादुर घर्तीको निधन भएपछि सो क्षेत्रमा मंसिर १४ मा उप निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको