यी हुन् दाङमा भिड्ने १४ उम्मेदवार [नामसहित]

कात्तिक २१, दाङ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ बाट १२ वटा राजनीतिक दल र दुई स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शक्ति प्रदर्शनसहित गरिएको उम्मेदवारी दर्ताका दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केशव आचार्यसहित १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विमला ओलीले पूर्वसभामुख तथा पार्टीका पाँच नम्बर प्रदेश अध्यक्ष ओनसरी घर्ती, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लगायतका नेता/कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएकी थिइन् ।

नेपाली कांग्रेसबाट केशव आचार्यले पनि नेता/कार्यकर्ता, समर्थक र जुलुससहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका थिए ।

यी हुन् दाङमा भिड्ने १४ उम्मेदवार

१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा): बिमला कुमारी खत्री (वली)
२, नेपाली कांग्रेस: केशव आचार्य
३, राष्ट्रिय जनमुक्ति पार्टी: धनराज सुनार
४, नेपाल मजदूर किसान पार्टी: सुरेश परियार

५, राप्रपा (संयुक्त): छोटीलाल थारु
६, नेकपा (माले): हरिप्रसाद डाँगी
७, समाजवादी पार्टी: डिल्लीबहादुर डाँगी
८, राप्रपा: भूपाल रावत

९, मंगोलन नेशनल पार्टी: घनश्याम चौधरी
१०, स्वतन्त्र: गोविन्द केसी
११, स्वतन्त्र: टीकाराम आचार्य

१२, नेपाल लोकतान्त्रिक पार्टी: टीकाराम आचार्य
१३, साझा पार्टी: झरेन्द्रबहादुर खत्री
१४, नेपाली कांग्रेस (वीपी): शिवकुमार चौधरी

राष्ट्रिय जनमोर्चाले नेकपाकी उम्मेदवार विमला ओलीलाई सघाउने

राष्ट्रिय जनमोर्चाले नेकपाकी उम्मेदवार विमला ओलीलाई सघाउने भएको छ । राष्ट्रियस्तरमा भएको सहमतिअनुसार उम्मेदवारी दर्ता नगरेको जनमोर्चाले जनाएको छ ।

दाङ क्षेत्र नं. ३ (ख)मा अघिल्लो चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उत्तरकुमार ओली विजयी भएका थिए । उनको सडक दुर्घटनामा परी मृत्यु भएकाले यहाँ उपनिर्वाचन हुन थालेको हो । विमला वली उत्तरकुमार ओलीकी धर्मपत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको