नेपाल लोक स्टारका प्रतियोगी सन्नी बिक भोट माग्दै दाङ्गमा

असोज २०, दाङ्ग । देशकै ठूलो मौलिक रियालिटी शो नेपाल लोक स्टारका प्रतियोगी रोल्पाका सन्नी बिश्वकर्मा यतिबेला दाङ्गमा भेटघाटलाई तिब्रता दिएका छन् । नेपाल लोक स्टारको टप ५ मा पुगेका सन्नी दाङ्गमा भोट माग्न पुगेका हुन ।

उनको भेटघाट कार्यक्रमलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रतिनिधिहरु डिला राम ओली, शेरबहादुर डाँगी र तिलक राज जिएमले समन्वय गरेका थिए । त्यसैगरी रोल्पाली समाज सेवा दाङका प्रतिनिधिहरु हरि डिसी, पदम केसी र रेवत श्रेष्ठ लगायत अन्य सामाजसेवी तथा ब्यबसायी व्यक्तिहरुको समन्वयकारी भूमिका रहेको थियो ।

सन्नीलाई दाङ्गको विभिन्न स्थानमा स्वागत तथा सम्मान गरिएको थियो ।

अहिले शनि बिस्वकर्मा टप ५ मा छन भने उनले टप ४ मा पुर्याउनको लागि भोटको अपिल समेत गरेका थिए । भोटिङ आजबात सुरु भैसकेको छ ।

सन्नीलाई भोट गर्नका लागि नेपालबाट आइएइ पे एप डाउनलोड गरि भोट गर्न सकिनेछ । नेपालमा रहेका मोबाइल प्रयोगकर्ताहरुले ‘L’ टाइप गरि एक स्पेश दिएर २४ लेखि (L 24) ३७०० मा पठाउन सकिनेछ । भारतमा रहनेले सोहि तरिका अपनाएर ५३०१० मा मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यसैगरी कतारमा रहने नेपालीहरुले सोहि उपाय अपनाएर ९२३०० मा पठाउन सक्नुहुन्छ । साथै सहयोग गर्न चाहने तर गर्न नमिल्ने देशबाट सन्नी बिकको मोबाईलमा रिचार्ज गरेर सहयोग गर्न सकिनेछ । सन्नीको फोन नौम्बर ९८१०९१४२२७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको