नवलपरासीमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्यु

कात्तिक १९, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ जनकपुरमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

फाइल तस्बिर 

भुतहा महेशपुर सडकखण्ड अन्तर्गत पिपराबाट सरावल आउँदै गरेको युपी ७९ एस ६३२४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएपछि १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि सरावल गाउँपालिका वडा नं.३ सरावलका २७ वर्षीय निरज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोबरहियाले जनाएको छ ।

चौधरीको शव पोस्टमार्टमका लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको