सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

भदौ २०, काठमाडौँ । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भीमफेदी ६ जुरिखेतमा ना १ ज ३६४० नम्बरको सुमो सडकबाट करिब ५० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त सुमो चालकलाई दुर्घटना लगत्तै पक्राउ गरिएको छ । चालक सर्लाहीका २७ वर्षीय राजकुमार बस्याल रहेका छन् ।

दुर्घनामा परी ज्यान गुमाउनेमा रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ बस्ने वर्ष ७० का वीरसिंह वाइबा र सर्लाही बरथवा ३ बस्ने ६० वर्षीय महेन्द्र सहनी रहेका छन् ।

१० महिने शिशुको हेटौंडा ल्याउँदै गर्दा र अन्य दुई जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए। घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको