नागंढुगाबाट लागु औषधसहित दुई जना पक्राउ

चैत २३, काठमाडौँ । राजधानीे प्रवेश गर्ने मुख्य नाका चन्द्रागिरी २ नागढुंगाबाट प्रहरीले आज छुटाछुटै यात्रुवाहक वसलाई चेक जाँचगर्ने क्रममा लागु औषध सहित दुई जनालाई पक्राऊ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागंढुगाका प्रमुख एवम् प्रहरी निरीक्षक ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले लागु औषध सहित विकास साह र सन्तोष यादवलाई पक्राऊ गरेको हो ।

महानगरी प्रहरी वृत्तका निमित प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीले उदयपुरवाट काठमाडौं आउँदै गरेको ना५ ख ११९८ यात्रुवाहक वसवाट गढी गाँउ पालिका ७ सुनसरी वस्ने वर्ष २० को साहको साथबाट सो लागु पदार्थ पक्राऊ गरेको जानकारी दिए ।

प्रहरी निरीक्षक गिरीका अनुसार साहको साथबाट डाईजापाम १५० एम्पुल, फेनारागन १५० एम्पुल नुरफिन १५० एम्पुल गरि ४५० एम्पुल फेला परेको हो ।


साथै प्रहरीले नेपालगञ्जबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ७ ख २७७६ नम्बरको को यात्रु बाहक बस गाडि चेक जाँच गर्न क्रममा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ का सन्तोष यादवलाई पक्राऊ गरेको जनाएको छ ।

यादवका साथबाट औषध नाईट्राभेट ३६ ट्यावलेट र स्पास्मो १९ क्याप्सुल फेला परेको थानकोट प्रहरी वृत्तले जनाएको छ । पक्राउ साह र यादवलाई लागू औषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी मुद्दा चलाईने वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको