ट्रेन्डिङ

युएईमा ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु, २ जना गम्भीर घाइते

चैत २३, यूएई । युएईमा नेपाली सवार ट्याक्सी दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

फाइल तस्बिर 

उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईको आबुधाबी दुर्घटना हुँदा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन ।

निरोजका आफन्त जोतीलाल परियारले उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जानकारी दिए ।

जोतीलालका अनुसार, उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए । अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ ।

सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको