ट्रेन्डिङ

  • विप्लवका सल्यान जिल्ला सदस्य ‘टाइगर’ १ लाख ३३ हजार धरौटीमा रिहा

    कात्तिक १९, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सल्यानका जिल्ला सदस्य भद्रबहादुर डाँगी ‘टाइगर’ रिहा भएका छन् । कार्तिक ८ गते राती घरबाट पक्राउ परेका डाँगी ११ दिनपछि मंगलबार रिहा भएका हुन् ।

    प्रहरीले पक्राउ गरेर उनलाई हातहतियार र बम विस्फोट मुद्दा लगाएको थियो । मंगलबार जिल्ला अदालत सल्यानले जनही १ लाख ३३ हजार धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको हो ।

    अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय सल्यानले उनलाई पार्टीका गतिविधिमा नलाग्न भन्दै कागज गराएर छोडेको छ । रिहा भएका डाँगीले पनि आफ्नो स्वस्थ्य अवस्था बिग्रिएकोले कुनै पार्टीमा नलागेर स्वतन्त्र बस्ने बताएका छन् ।

    सल्यानमा यसअघि पक्राउ परेका नेकपाका अर्का जिल्ला सदस्य कलुराम बादीलाई भने अदालतले हिजो पुर्पक्षका लागी कारागार चलान गरेको छ । उनलाई पनि हातहतियार र बम विस्फोटको मुद्दा लगाएको छ ।

    सरकारले नेकपामाथी प्रतिबन्ध लगाएसँगै सल्यानमा प्रहरीले दुईदर्जन बढी उक्त पार्टीका नेता कार्यकर्ता पक्राउ गरिसकेको छ । पक्राउ परेका अरु सबै रिहा भैसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको