ताजा अपडेट

म्यानपावरको धरौटी वृद्धि विरुद्ध उच्च अदालतमा रिट दायर

भदौ १९, ललितपुर । म्यानपावर नवीकरण भएको मितिसम्म धरौटी नराखी कामकाज गर्न उत्प्रेषणको आदेश माग गर्दै मास स्टाफिङ कम्पनी प्रा.लिले उच्च अदालत ललितपुर रिट हालेको छ ।

म्यानपावर कम्पनीको नवीकरण अवधि २०७७ असार मसान्तसम्म रहेको भन्दै उक्त मितिसम्म पुरानै धरौटी र बैंक ग्यारेन्टी राखेर वैदेशिक रोजगारीमा कामदार पठाउन पाउनुपर्ने सञ्चालक लिलानाथ दाहालले निवेदन पत्रमा माग गरेका छन् ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई विपक्षी बनाई भदौ १५ गते दायर भएर भएको रिटमा भदौं १७ गते प्रारम्भिक सुनुवाई भएको थियो । अदालतले आगामी भदौ २५ गतेका लागि म्यानपावर व्यवसायी र विपक्षी दुवैलाई छलफलमा बोलाएको दाहालले जानकारी दिए ।

सरकारले म्यानपावर कम्पनीको धरौटी रकम ६ करोडसम्म बढाएपछि उक्त रकम राख्न नसक्ने अवस्थाका कारण कानूनी बाटो रोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको