‘रोल्पामा बमको धुँवा मात्र छैन, यहाँ संगीतको मिठो धुन पनि छ’ [भिडियो]

असार २०, काठमान्डौ । ‘रोल्पा’ नाम सुन्यो कि त्यहाँ बमको खेति हुने ठाउँ हो भनेर जिब्रो टोक्ने दिनहरु थिए । त्यहाँ बस्ने मानिसहरु केवल राइफलको ट्रिगर दबाउन मात्र जानेका हुन्छन, लड्न र जित्न मात्रै जानेका हुन्छन ।

यस्तै यस्तै कौतुहल्ता जगाएर जाग्राम बसेका सोंचहरु धेरैको मनमा डुबुल्की मारिरहेका हुन्थे ।

तर यहाँ बमबारुदको धुवाँ मात्र होइन, संगीतको मिठो धुन पनि छ। तरवारको धार मात्र होइन पन्चेबाजाको सुरिलो ताल पनि छ । बमको गर्जन मात्र होइन, लोक गितको सुमधुर सरगम पनि छ । युद्द त केवल समयको माग थियो ।

त्यसकै प्रतिनिधि पात्र हुन् रोल्पाका ‘शनि बिक’ !

नेपाल लोक स्टार रियालिटी शो’मा रोल्पा जंकोटका शनि बिकको प्रस्तुतिले यतिबेला निकै चर्चा बटुलेको छ । युद्द भूमिको परिचय बनाएको रोल्पाबाट टेलिभिजनको ‘रियालि शो’हरुमा रोल्पाली कलाकारहरुको उपस्थिति प्राय शुन्य देखिन्छ, भन्दा पनि हुन्छ । यस्तै शुन्यतालाई तोड्दै नेपाल लोक स्टारको पर्दामा भेटिएका शनि बिकको प्रस्तुति निकै दमदार र मोहित पार्ने खालको छ ।

नेपाल लोक स्टारको पहिलो सिजन अन्तर्गत प्रदेश-५ बुटवलको अडिसनमा शनि बिकले जजहरु जयनन्द लामा, बिबि अनुरागी, सुनीता दुलाल र रामजी खाँडलाई अत्यधिक प्रभावित पारे । अडिसन राउण्डमा उनको प्रस्तुतिबाट प्रभावित भएका जजहरुले उनलाई ‘गोल्डेन स्टार’ समेत दिए ।

गोल्डेन स्टार पाएपछि शनि अब नेपाल लोक स्टारको सिधै टप २० भित्र परेका छन् ।

‘तिरिरि मुरली बज्यो बनैमा, मनैमा लौमाया नमारे’ गित गायपछि निर्णायक मण्डलमा रहेका चारै जना जजहरु उठेर प्रसंशा गरेका थिए ।

७ वटै प्रदेशमा अडिसन आयोजना गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरु मध्ये हरेक प्रदेशमा ५० प्रतिस्पर्धी ओपन अडिसनबाट छनोट गरिएको थियो ।

लोकसंगीत नेपालको सर्वाधिक चर्चित संगीत विधा हो । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । युट्युब तथा अन्य श्रव्य-दृष्य संचार माध्यमहरुमा करोडौ पटक हेरिन्छन् । संगीत विधाहरुमध्ये सबै भन्दा धेरै उत्पादनमूलक विधा पनि लोक संगीत नै हो ।

तर यहि सर्बाधिक रुचाइएको विधा रियालिटी शोको ठुलो हिस्सेदार बन्न सकिरहेको थिएनन ।

यसपाली देखि भने नेपालको सबै भन्दा ठुलो मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ आएको छ । आफ्नै मौलिक संगीतलाइ अन्तर्राष्ट्रिय फर्म्याटमा ढाली आफ्नै नेपाली ब्राण्डमा शोको जन्म भएको छ । मौलिक लोक संस्कृतिमा रुचि राख्ने लाखौ युवाहरुलाई सपनाको लोक गित पल्याटफर्म भेटिएको छ ।

नेपाली माटो सुहाउँदो मौलिक संस्क्कृतिको जगेर्ना गर्न यसले ठुलो मदतपुर्याउने छ । लोक गित संस्कृतिका श्रष्टाहरुलाई सम्मान दिने छ । नयाँ पिडीलाई लोक गितमा भबिस्य खोज्न प्रेरित गर्ने छ ।

यस कार्यक्रम निर्माण प्रमुख प्रायोजकको रुपमा विश्व प्रतिष्ठीत रेमिट्यान्स तथा डिजिटल सर्भिस कम्पनी आएमइ पे आबद्ध भएको छ । आइएमइ र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि गरिएको हो ।

प्रत्येक बिहिबार र शुक्रबार बेलुकी साढे ८ बजे एपी वान टेलिभिजनबाट कार्यक्रम प्रसारण हुनेछ । यस कार्यक्रमको लागत करिब १० करोड रुपैया रहेको छ । नेपाल लोक स्टार शोको निर्माणमा संलग्नव्यक्तिहरु नेपाल आइडल-२ र बुगी बुगी सिजन १ को निर्माणमा संलग्नव्यक्तिहरु रहेका छन् ।

उत्कृष्ट तीन जनालाई पुरष्कृत गरिने आयोजकले बताएको छ । प्रथमले ५० लाख, द्वितीयले २५ लाख र तृतीयले १० लाख नगद प्राप्त गर्नेछन् ।

भोटिंग राउण्ड सुरु भएपछी आईएमी पेको एपमार्फत प्रतिस्पर्धीलाई मतसमेत दिन सकिनेछ । आइएमइ नेपाल लोक स्टारको भोटिंग राउन्ड्समा एपमार्फत गरिने सबै भोटिंग आइएमइ पेको एपमार्फत हुनेछ ।

भिडियो:

नेपाल लोक स्टार सिजन १, बुटवल अडिसनबाट गोल्डेन स्टार पाएर सिधै टप २० भित्र पर्न सफल, रोल्पाका शनि बिकलाई हार्दिक बधाई !

Posted by Nepal Lok Star on 2019 m. liepos 5 d., penktadienis

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको