नेकपाले टुङ्गो लगायो ७ जना प्रदेश प्रमुखको नाम

कात्तिक १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । सरकारले सातैवटा प्रदेश प्रमुख बर्खास्त गरेको एकदिन पछि सत्ताधारी दल नेकपाको सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम टुंगो लगाएको हो।

जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ ।

सरकारले यसअघिका सातवटै प्रदेश प्रमुखहरुलाई हिजो पदमुक्त गरेको थियो । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखको पद रिक्त भएसँगै सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी थालेको हो ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको