शनी विकलाई भोट गर्न अन्तर्राष्ट्रिय रोल्पाली समाजको अपिल

असोज १६, काठमाडौँ । लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’का प्रतियोगी रोल्पाका शनी बिश्वकर्मालाई भोटगर्न अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले अपिल गरेको छ । मंगलबार एक विज्ञप्ति जारि गर्दै शनीको प्रतिभाको कदर गर्दै भोट गर्न आग्रह गरेको हो ।

रोल्पाका शनीको दक्ष प्रतिभा नेपालको पहिलो लोक स्टार बन्न सक्षम रहेको समाजका अध्यक्ष सन्दिप थापाले बताए । उनले शनीलाई कुनै भौगोलिक बिशेषताले नभई उनि साँच्चै प्रतिभाशाली भएकोले देशभरका दर्शकहरुको भोट पाउने बिश्वास समेत व्यक्त गरे । नेपाल लोक स्टारको बिजेता भए, नेपाली कला संस्कृति र प्रतिभालाई न्याय मिल्ने समेत दाबी गरे ।

तस्बिर: शनी बिश्वकर्मासंग अन्तरराष्ट्रिय रोल्पाली सेवा समाजका प्रतिनिधि र रोल्पाली कलाकार समाजद्वारा मंगलबार भेटघाट

समाजका महासचिव लेख प्रसाद रोकाका अनुसार रोल्पा कलाकार समाज लगायत अन्य संस्थाहरुसंग शनीको सहयोगका लागि समन्वय भएको बताए । देश बिदेशमा रहेका नेपालीहरुलाई भोट गर्न आग्रह गरेका छन् ।

दुर्गम जिल्ला रोल्पा जंकोटमा जन्मिएका शनी बिश्वकर्माको प्रतिभाले सामाजिक संजालमा चर्चा पाएको छ । बिशेषगरि उनको मखमली आवाजमा सजिएको बहुआयामिक गायन प्रतिभाले चर्चा बटुलेको हो ।

शनी विश्वकर्मा बुटवलको अडिसन राउण्डमा जजहरुलाई प्रभाबित बनाएर गोल्डेन स्टार पाएर सिधै टप २० मा प्रवेश गरेका थिए । हरेक हप्ता उनले सानदार प्रस्तुति दिंदै आएका छन् । उनको मखमली स्वरबाट जजहरु निकै प्रभावित भएका छन् ।

अहिले टप ६ मा पुगेका शनी उमेरले सबै भन्दा कान्छो प्रतियोगी हुन् । उनीसंग सबै प्रकारका गीतहरु गाउने खुबी रहेको छ । जसको कारण उनका फ्यानहरु बढिरहेका छन् ।

हेर्नुहोस अन्तर्राष्टिय रोल्पाली सेवा समाजले गरेको सहयोग अपिल:

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको