कराँतेमा अनुले जितिन् स्वर्ण

मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छन् ।

सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८-० अङ्कले पराजित गरिन् । उनले टिक्निकल नक आउट गरेकी हुन् ।

यसअघि नेपालकी कुसुम खड्काले बंगलादेशकी फमिदा अख्तेरलाई ८-० अङ्कले नक आउट गर्दै स्वर्ण जितेकी थिइन् । यस्तै श्रीलंकालीले पाकिस्तानकि खेलाडी गुल सबिरोलाई ३-१ अङ्कले पराजित गरेकी थिईन ।   ।

हालसम्म नेपालले १३ स्वर्ण जितिसकेको छ । सोमबारको अनुको स्वर्ण पदकसँगै करातेको प्रतिस्पर्धा सकिएको छ । सोमबार ९ वटा स्वर्णका लागि भएको कराते खेलमा नेपालले ७ वटा स्वर्ण जित्न सफल भएको छ ।

दुईवटा स्वर्ण भने पाकिस्तानले आफ्नो पोल्टामा पारेको छ । तेक्वान्दोको प्रतिस्पर्धा भने जारी छ ।

प्रतिक्रिया दिनुहोस