कर्णाली पुगेका उर्जामन्त्री पुन र मुख्यमन्त्री शाहीलाई लक्षित गरी ब’म बिष्फो’ट

मंसिर १६, कालिकोट । फुकोड कर्णाली हाइड्राेको अनुगमन गर्न कालिकोटकाे शान्तीघाट पुगेका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी २ वटा शक्तिशालि ब’म वि’ष्फोट भएको खबर छ ।

कर्णाली हाइड्राेको अनुगमन टोलि

कार्यक्रम स्थल नजिकै बिष्फो’ट भएको थियो । ब’म विष्फो’टमा मानवीय क्षति भएको छैन । तर स्थानिय बासी भने त्रसित भएका छन् ।

विष्फो’ट विप्लव नेकपाका कार्यकर्ताले गराएको जनाईएको छ । विष्फो’ट नेकपाले गराएको कालीकोट सेक्रेटरी मनिलाल ऐडीले स्वीकार गरेको स्रोतको दावी छ ।

कर्णाली हाइड्राेको अनुगमन गर्न उर्जामन्त्री बर्षमान पुन, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, माननीय दुर्ग बहादुर रावत, प्रदेश माननीय कुमराज शाही, जिल्ला पार्टी अध्यक्ष धनजित शाही र सचिव नेशनल शाही लगायत स्थानीय तहका प्रमुख र उपप्रमुखको सहगागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस