पार्वतीले जितिन स्वर्ण

मंसिर १६, काठमाडौं । तेक्वान्दोको पुम्से महिलामा नेपालले स्वर्ण जितेको छ । नेपालमा चलिरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २३ वर्षमाथि २९ वर्षमुनिमा पार्वती गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

गुरुङले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन् । भारतकी खेलाडीले भने ८.०३० अंकका सात काश्य पदकमा चित्त बुझाइन् ।

 

प्रतिक्रिया दिनुहोस