मनिमारेको स्मृतिमा कमान्डर ‘सुनिल’ र सहकमान्डर ‘निर्मम’

वाई.वि. जिएम । अन्याय, उत्पीडित, दमन, शोषण र अत्याचारको भुमरी बाट जनतालाई मुक्ति दिलाउना देस र जनताको खातिर लड्ने कयौ महान योद्धाहरु र साम्यवाद चुम्ने हाम्रा सपना हरु आज कुन सफर मा गएर टुंगिए ? देश को स्वतन्त्रता अखण्डता ,स्वाधीनता , रास्टृय स्वाधीनता , निमुखाको हक अधिकार , सामन्ती निरङ्कुस केन्द्रीकृत राज्य ले सिर्जना गरेको विभेद अनि उत्पीडन को जालो बाटो मुक्त पार्न बैज्ञानिक र साम्यवाद राज्य स्थापना गर्ने लक्ष्य बोकि हिडेको लाल सेना भौतिक रुपमा ढलेको आज करिब १५ बर्ष पुगेछ ।

तिनै लाल सीतारा हुन्, किम बहादुर थापा ‘सुनिल’ र  झक्कु प्रसाद पुन ‘निर्मम’।

क्रान्तिको अभिभारा बोकेका योद्दाहरुले सहादत प्राप्त गरेको रोल्पा जिनाबाङको मनिमारेको सिधा पाल्लो डांडा सिद्दार्थ नमुना माबि पातिहाल्नको होस्टेलको एउटा कोठाबाट सम्झिरहेको छु । माओवादी जनयुद्ध सुरु भएदेखि तपाईं जस्ता हजारौं वीर सपूतहरुले रणसंग्राममा जन्ताको निम्ति बगाएको रगतले आज अवसरबादीहरुले अफिमको खेत सिचाई गरिरहेको देख्दा लाग्छ, बलिदानको अबमूल्यन भएको छ ।

जब जनयुद्ध थालनि भयो, त्यो बेलाको आदर्श, हाम्रा सपना र लक्ष्य कयौ गुना महान थिए । वर्गीय, जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, आर्थिक समानता, समृद्धि र सामाजिक न्याय, समानुपातिक, सहभागीतामुलक र समतामूलक समाजको परिकल्पना गर्दै सुरु भएको जनयुद्ध र साम्यवाद चुम्ने लक्ष्य आज कसरी अलपत्र पर्यो ?

२०६२ मङ्सिर १४ गते जुन पनि रोएको रात, चन्द्र अस्ताएको रात, आखाको नानीबाट बलिन्द्र धारा आँसु बगेको रात कालो दिन, माओवादी आन्दोलनमा एउटा कुसल सैन्य कमान्डर गुमाएको दिन । नेपाली राजनीतिमा जनयुद्ध चरम उत्कर्षमा पुग्दै गर्दा, माओवादीको आधार इलाका बिस्तार र सैन्य आक्रमण बडदै गर्दा जनमुक्ती सेनाको ५ औ डिभिजन घोषणा कार्यक्रममा रोल्पाको मनिमारेमा तत्कालीन शाही सेनाको हवाई हमलामा डिभिजन कमान्डर क. सुनिल (किम बहादुर थापा) र सहायक कमान्डर क. निर्मम (झक्कु प्रसाद पुन)ले सहादत प्राप्त गर्नु भयो ।

उ बेला म १३ वर्षको थिए र ८ कक्षामा अध्यनरत थिए । त्यो उमेरमा नै, म माओवादी आन्दोलन प्रती नजिक भएको आभाष हुन्थ्यो । किनकी सल्यान कालागाउ माओबादीको पकड एरिया थियो । जहाँ जनमुक्ती सेनाको सैन्य तालिम महिनौ चलिरहन्थे । त्यो रातो झन्डा, निधारमा रातो पट्टी, काधमा बन्दुक, कम्ब्याट ड्रेस, अनि राता मान्छे देख्दा मलाई पनि त्यही लाइनमा उभिन मन लाग्थ्यो, अनि नजिकबाट नियाल्थे । त्यो बेलाबाट नियालेको माओवादी आन्दोलन र गतिविधि अहिले सम्म नियाली रहेको छु ।

देशलाई अग्रगमन र परिवर्तनको बाटोमा डोर्‍याउन माओबादी आन्दोलन र तपाईंहरु जस्ता महान क्रान्तिकारीको योगदान आज कता हराउदैछ ? जन युद्दको क्रममा हजारौ सपूतहरुले बलिदान गरे कयौ को काख उजाडियो, सिउदो पुछियो, इज्जत लुटियो, बेपत्ता बनाइयो, घरबार लुटियो, निर्दोषको हत्या भयो । यी सबै कुरुर घटानाहरु केवल मन्त्री र संसदीय ब्यबस्थासंग साटिएको थियो ? के हाम्रा सपनाहरु फगत यत्ती थिए ?

२०६२ मङ्सिरमा भएको १२ बुदे समझदारी र २०६३ मा भएको बिस्तृत शान्ति सम्झौता पछि देशले एउटा नयाँ राजनीतिक मोड लियो । जन्ताको आस्था र बिश्वास माओवादिमा भएता पनि जन युद्ध कालिन मुद्दा, सपना, आदर्शहरु बिस्तारै पतन हुदै गए । हिजो संसदिय ब्यबस्थाको घोर बिरोध गर्ने नेत्तृत्व बिस्तारै त्यहि बाटोमा अल्मलिन पुग्यो । जब जन मुक्ती सेना विघटन भयो तब एउटा स्वर्णिम इतिहासको अन्त्य भयो । त्यति मात्र होइना क्यान्टोनमेन्टमा रातारात नेपाली सेनाले अखडा जमाए । समायोजनको नाममा कयौ लाल सेनालाई रुवाउदै घर पठाइयो । बिसर्जनवाद पनि यति निरिह बन्यो कि हिजो रणभुमीमा लडेकाहरु खाडिको जहाज चड्न बाध्य बनाइयो ।

जन सत्ता, जनसेना, आधार इलाकाहरु विघटन भए । सहिदका सपनाहरुलाई सत्ता प्राप्त गर्ने हतियारको रुपमा मात्र प्रयोग गरियो । इमान्दार कार्यकर्तालाई बिस्तारै बिस्थापित गरियो । झुट चाप्लुसी दलाल प्रवृत्ति बोकेका मान्छेहरु स्थापित गराउदै लगियो । आदर्श बिचार सिधाान्तहरु क्रमश पलाएनको बाटोमा पुग्यो । नेत्तृत्व केवल संसदिय ब्यब्स्था हुँदै ऐस आरामको जीवन र आलिसान महलहरुमा सिमित हुन पुग्यो । तर हिजो जो परिवर्तनको लागि लडे, जीवन अर्पण गरे तिनीहरुको जीवन बिस्तारै अँध्यारो तिर धकेलिना लाग्यो किन कि हरेक ठाउँमा आफन्तवाद नातावादले प्रसय पायो । कयौ लाल सेना घाइतेहरु उपचारको अभाबमा छटपटि रहेका छन । बमका छररा शरीरमा बोकि हिडिरहेका घाइतेलाई देख्दा लाग्छ के उनीहरु यहि पीडा बोकेर हिड्न हिजो लडेका थिए ? बेपत्ता बनाइकाहरु अझै कुन भुमरीमा छ्न ? बुढी आमा र बुढा बाबा अझै पनि छोराछोरी आउने आशामा झुपडिको मझेरीबाट गोधुलीमा टोलाउछ्न !

पार्टी बिभाजन र चिरा पर्दै गएपछि कम्युनिस्ट आन्दोलन धरमराउदै गयो । माओवादीको आदर्श बिचार पुर्न रुपमा पतन भइ एमालेमा बिसर्जन भयो । यदि पहिले नै यहि बाटो अबलम्बन गर्नु थियो भने हजारौको बलिदान के को लागि ? हिजो जनसत्ताले गरेका हरेक कार्य आज अबैधानिक साबित भए । जनयुद्द कालिन मुद्दाहरु ब्युताउदै कैयौ कार्यकर्ता जेलको चिसो कोठामा छन । खै आज जनसत्ता र जन अदालतहरु?

हिजो माओवादीले उठाएका आफ्नै मुदामा पनि आज कार्यन्वयन हुन नस्कनु आफैमा बिड्म्बना पुर्ण हो । माओवादीले उठाएको संविधान सभाको माग पूरा भए पनि जनमुखी संविधान भएकै छैन । जन्ताका कैयौ अधिकार, घाइते बेपत्ता उत्पीडनमा परेकाहरुको अधिकार अझै सुनिस्चित भएको देखिदैन ।

तपाईंहरु हिडेको बाटो पक्कै गलत थिएन तर हिडाउनेहरु गलत नियतका थिए । न त्यो आज साबित हुदैछ । म परिवर्तनको बाटो ठिक उल्टो चल्दैछ । देशमा पहिले एउटा राजा थियो, आज ७५३ वटा राजाहरु राज गद्दीमा छन । आज नाताबादको प्रसयले यति प्रभाब जमायो कि कुरै नगरौ । जन प्रतिनिधि कहलाइएकाहरुले कसरी राज्य कोसको दुरुपयोग गर्ने, कसरी आफ्नो लाई जागिर दिने, कसरि ठेका पट्टा दिने जस्ता भ्रष्टाचार जन्य सोंच बाहेक अरु कुनै बिकासमा सिर्जनसिलता छैन । बिकास बजेटमा ब्रमलुट छ ।

देशका सिमाहरु मिचदा सत्ताको लोभले एक शब्द बोल्न सकेनन नेताहरु दलाली बनेर तै चुप मै चुप । क्या गजब छ राष्ट्रबाद । राष्ट्रहितको सवालमा आवाज उठाउदा पुलिसको फन्दामा पर्नु पर्ने कस्तो लोकतन्त्र हो । भारतले सिमा मिच्दासम्म बोल्न नपाइने लोकतान्त्रिक भनिने देशमा छौ । आफ्नो नेता र पार्टी ले गलत गरेमा गलत गर्यो पनि भन्न नपाउने गलत लाई पनि ठिक भन्ने भर्ने वाह हाम्रो राजनीति सस्कार ?

तपाईंहरुले रगत बगाएर ल्याएको गणतन्त्रमा नेताहरुको जीवन शैली यति सम्म परिवर्तन भयो कि हेर्दा टोपी खस्ने महल बने, आखाले हेर्दा हेर्न नसकिने जग्गा जमिन भए । तर सहिद परिवारको घरमा आगो बल्न मुस्किल भयो, छोराछोरीले पड्न पाएनन । मझेरीमा खाना पाकेनन, छानाहरु फेरिएनन, चुहिरहे बर्षै साल । घाइते पीडामा छट्पटी रहे, मलम पाएनन, सिधा इमान्दार कार्यकर्ता भबिस्य खोज्दै खाडी पुगे वाह हाम्रो साम्यवाद ?

प्रतिक्रिया दिनुहोस