नेकपाकै बागी उम्मेदवार वडाध्यक्षमा विजयी भएपछि…

मंसिर १५, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका-१ को वडाअध्यक्षमा मा नेपाल कम्युनिस्ट पार्टीका उमेदवार द्रोणप्रसाद पाण्डे विजयी भएका छन्।

आइतबार दिउँसो सकिएको मतगणामा पाण्डेले ६९६ मत पाए । उनका निकटतम् प्रतिष्पर्धी नेपाली काग्रेसका अमर रेश्मी मगरले ६८७ मत पाएर पराजित भए ।

ऐरावती-२ मा भने स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । भीमेशकुमार घर्ती मगर नेकपाका स्थानीय नेता हुन् । पार्टीले जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

घर्तीले ८ सय ५५ मत पाए भने नेकपाले समर्थन गरेका जनमोर्चाका उम्मेदवारले भक्तबहादुर बिकलाई उनले ५०४ मत पाए । कांग्रेसका भुपाल जिसीले ३५६ मत ल्याए ।

भीमेशकुमार शनिबार ४३ वडामा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जित्ने एकमात्र व्यक्ति हुन् ।

को हुन् घर्ती मगर ?

अनेरास्ववियू (छैठौँ) बाट राजनीति थालेका उनी ०५२ मा धर्मोदय मावि जावुनेको इकाई समिति अध्यक्ष भएका थिए। सोही संगठनको उनी जिल्ला सदस्यमासमेत निर्वाचित भए ।

उनले गाउँकै जनकल्याण आधारभूत विद्यालयमा ११ वर्ष पढाएर ०७१ सालमा राजीनामा दिए। सोही विद्यालयको उनी हाल व्यवस्थापन समिति अध्यक्ष छन् ।

घर्तीमगर पूर्व शिक्षकसमेत हुन् । हाल नेपाल आदिवासी जनजाती महासंघ प्यूठानको कार्यवाहक अध्यक्ष, नेपाल मगर संघ जिल्ला समिति प्यूठानको सचिव, प्रदेश समितिको सदस्य, रेडक्रस बरौला उपशाखा कोषाध्यक्ष र बरौला कृषि सहकारी संस्थाको अध्यक्ष पदमा क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस