टेलिकमले सागका खेलाडीहरुलाई ४५ सय निःशुल्क फोरजी सिमकार्ड दिने

मंसिर १४, काठमाडौं । नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ ।

उक्त प्रतिष्पर्धामा सहभागी सम्पूर्ण खेलाडी ,पाहुना,आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने भएको छ ।

कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराए हो । नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको छ ।

खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको