कोहलपुर नगरपालिका–६ मा नेकपाका उम्मेदवार निर्वाचित

मंसिर १५,बाँके । कोहलपुर नगरपालिका–६ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामशरण थारु निर्वाचित भएका छन् । उनले ८०० मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण थारुले ७३७ मत प्राप्त गरेका छन् । यसैगरी, राप्रपाका उम्मेदवार श्रीधर सुवेदीले ६१ मत प्राप्त गरेका छन् । भने समाजवादीका शुभखर पोखरेलले १० र नेपकिपाकी दिपालक्ष्मी हमालले २३ मत प्राप्त गरेका छन् ।

उक्त नगरपालिकाको ६ नम्बर वडामा १०२६ मत खसेको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस