सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा ७ जनाको मृत्यु

मंसिर १५, सुनसरी । सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए ।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग कोसी गाउँपालिकाको हरिपुरमा एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र शिवमाया राई छन् । त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ । मृतकमध्ये ६ जना आफन्त हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन ।

घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको हुनसक्ने प्रहरीले जनाएको छ । ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो ।

एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा नि’धन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस