रामेछाप उमाकुण्ड –५ मा नेकपा दोब्बर मतले विजयी

मंसिर १५, काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले विजयी भएका छन्।

उनले कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

११ सय ७३ मतमध्ये बस्नेतले ७६९ मत ल्याएका र उनका प्रतिद्वन्द्वी सुनुवारले ३८० मत प्राप्त गरेकी निर्वाचन अधिकृत अर्जुन राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस