ट्रेन्डिङ

त्रिचन्द्रमा अध्ययनरत सपना मगर गिरफ्तार

जेठ १८, काठमाण्डौं । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा सपना मगर गिरफ्तार भएकी छन् । उनलाई शनिबार प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) बिद्यार्थी संगठनले जनाएको छ ।

मगरलाई राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गरेको संगठनले जनाएको छ । संगठनले एक बिज्ञप्ति जारीगरि घोर निन्दा गरेको छ ।

गिरफ्तार छात्रा सपना मगरलाई २४ घण्टाभित्र रिहा गर्न अखिल –क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमान्डौले चेतावनी समेत दिएको छ । उक्त बिज्ञप्ति उषाकिरण आजादद्वारा जारि गरिएको छ ।

बिज्ञप्ति:

 

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको