ट्रेन्डिङ

  • अपडेटः बारामा भीषण आँधी–हुरी, ३० जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

    चैत्र १८, बारा । आईतवार आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा मृत्यु हुनेहरुको संख्या ३० पुगेको छ ।

    जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो ।

    आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

    मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ४०० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको